सवारी दुर्घटनामा परि शिक्षकको मृत्यु

२०८१ माघ ३०, बुधबार १०:३७
मृतक शिक्षक पूर्णबहादुर विश्वकर्मा

सर्लाही – धनुषामा सवारी दुर्घटनामा परि एक जना शिक्षकको मृत्यु मृत्यु भएको छ। मृत्यु हुनेमा जिल्लाको मिथिला नगरपालिका–४ पुष्पलपुरका पूर्णबहादुर विश्वकर्मा रहेका छन्। विश्वकर्मा स्थानीय राष्ट्रिय आधारभूत विद्यालयका शिक्षक थिए।

जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार सोमबार राति जनकपुरबाट ढल्केवरतर्फ आउने क्रममा उनले आफैंले चलाएको मधेस प्रदेश ०२ ००७प ५०२० नम्बरको स्कुटी जनकपुर–ढल्केवर सडकखण्ड अन्तर्गत मिथिला नगरपालिका–२ स्थित नक्टाझिजमा दुर्घटनामा परेको हो।

दुर्घटनामा उनि गम्भीर घाइते भएका थिए। उनलाई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुरमा लगिएको थियो सोहि अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको हो। प्रहरीले विश्वकर्मा सवार स्कुटीलाई ठक्कर दिएको हुनसक्ने आशंकामा बा. १८ च. ८७६८ नम्बरको स्करपियोलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार