बुहारीको कुटपिटबाट ६५ बर्षिया सासुको मृत्यु

२०८१ माघ ३०, बुधबार १२:५६
सांकेतिक तस्बिर

सर्लाही – धनुषामा सासुको हत्या गरेको आरोपमा बुहारी पक्राउ परेकी छन्।

पक्राउ पर्नेमा जिल्लाको जनकनन्दनी गाउँपालिका-५ उधाकि ३५ वर्षीया रक्षाकुमारी मण्डल रहेकी छन्। घरायसी विवादका क्रममा उनले आफ्नी ६५ वर्षीया सासु समुन्द्रीदेवी मण्डलको हत्या गरेको आरोप लागेको छ।

स्थानीयको खबरपश्चात प्रहरीले उनलाई मंगलबार राति पक्राउ गरेको हो। उनको कुटपिटबाट समुन्द्रीदेवीको घटनास्थलमै मृत्यु भएको बताईएको छ। घटनाका सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार