
धनकौल – सर्लाहीको पश्चिमी भेगस्थित रामनगर गाउँपालिकाले आज सार्वजनिक बिदा दिएको छ।
आज फाल्गुन १ गते महान जनयुद्व दिवसका अवसरमा पालिकामा सार्वजनिक बिदा दिइएको रामनगर गाउँपालिकाका अध्यक्ष राजाबाबु यादवले जानकारी दिनु भयो। दिवसलाई उत्सवको रुपमा मनाउँन सार्वजनिक बिदा दिइएको हो।
आज रामनगर गाउँपालिकाको कार्यालय तथा पालिका अन्तर्गतका सवै वडा कार्यालय, स्वास्थ्य संस्था, बिद्यालयका साथै गाउॅंपालिका अन्तर्गत रहेका अन्य सम्पूर्ण कार्यालयहरुमा बन्द रहने जनाईएको छ। यस्तै दिवसका अवसरमा सर्लाहीको बागमती नगरपालिकाले पनि आज पालिका भरि सार्वजनिक बिदा दिएको छ।