महोत्तरीबाट बारातर्फ जाँदै गरेको बस सर्लाहीमा दुर्घटना

२०८१ फाल्गुन १, बिहीबार २१:५०
तस्बिरमा केहि दिन अघि सर्लाहीमा दुर्घटना भएको बस

सर्लाही – महोत्तरीबाट बारातर्फ जाँदै गरेको बस सर्लाहीमा दुर्घटना भएको छ।

पूर्व-पश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको ईश्वरपुर नगरपालिका–१३, स्थित बाँके जङ्गलमा आज (बिहिबार) साँझ महोत्तरीबाट बारातर्फ जाँदै गरेको ना ७ ख ३६४३ नम्वरको बस अनियन्त्रित भई दुर्घटना भएको हो।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार बसमा ३५ जना यात्रुहरु सवार रहेकामा १५ जना घाईते भएका छन्। घाइते हुनेहरुमा सबै जना महिला रहेका छन्। घाईतेको अहिले जिल्लाकै लालबन्दी बजारस्थित बिभिन्न अस्पतालहरुमा उपचार भईरहेको छ।

बस लघुवित्त वित्तीय संस्थाविरुद्ध सङ्घर्ष समिति मधेश प्रदेशको आयोजनामा बर्दीबासमा आयोजित कार्यक्रममा सरिक भएर बाराको पथलैयातर्फ फर्किदै गरेको बुझिएको प्रहरीको भनाई छ। दुर्घटनापछि बसका चालक फरार रहेको र उनको खोजिकार्य भईरहेको तथा घटनाका सम्बन्धमा थप अनुसन्धान प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार