बारामा सुधार केन्द्रमा रहेका एक युवकको शंकास्पद मृत्यु, सञ्चालकसहित ६ जना पक्राउ

२०८१ फाल्गुन २, शुक्रबार १४:०५
सांकेतिक तस्बिर

सर्लाही – बारामा सुधार केन्द्रमा रहेका एक युवक मृत फेला परेका छन्।

जिल्लाको कलैया उपमहानगरपालिका–४, बैंकरोडस्थित नवजन्म सुधार केन्द्रमा सोहि उपमहानगरपालिका वडा नम्बर ९ रामपुरका ३२ वर्षीय धीरेन्द्र महतो बिहिबार मृत फेला परेका हुन्।

जिल्ला प्रहरी कार्यालय बाराका अनुसार शव शंकास्पद अवस्थामा भेटिएको छ। सोहि कारण सुधार केन्द्रका सञ्चालकसहित ६ जनालाई पक्राउ गरिएको छ। मृतकको शव पोस्टमार्टमका निम्ति प्रादेशिक अस्पताल कलैयामा राखिएको र घटनाका सम्बन्धमा थप अनुसन्धान भईरहेको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार