ब्राउन सुगरसहित भारत बिहारका दुई जना पक्राउ

२०८१ फाल्गुन २, शुक्रबार १७:४६
पक्राउ परेका दुई जना भारतीय

सर्लाही – सुनसरीमा ब्राउन सुगरसहित भारत बिहारका दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेहरुमा भारतको बिहार राज्यस्थित अररिया जिल्लाको थाना नरपथगंज सोनापुर-१ का ३३ वर्षीय कपिल मेहता र २८ वर्षीय पंकज कुमार पासवान रहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार भारतको बिहार राज्यको अररिया जिल्लाबाट बीआर३८एके०२११ नम्बरको मोटरसाइकलमा सुनसरी आएका उनीहरूलाई ब्राउन सुगरसहित पक्राउ गरिएको हो। प्रहरीले उनीहरुको साथबाट प्लास्टिकको पोकाभित्र बेरेर राखिएको १०९ ग्राम ब्राउन सुगर बरामद गरेको छ। यस सम्बन्धमा थप अनुसन्धान भईरहेको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार