सर्लाही प्रहरीद्वारा माघ महिनामा ९५ फरार अभियुक्त पक्राउ

२०८१ फाल्गुन ४, आईतवार ०५:२९
File image

मलंगवा – सर्लाही जिल्ला अदालतबाट विभिन्न समयमा भएका फैसला कार्यान्वयन गर्ने क्रममा जिल्ला प्रहरी कार्यालय सर्लाहीले माघ महिना विभिन्न मुद्दामा फरार रहेका ९५ जना अभियुक्तलाई पक्राउ गरी अदालत समक्ष पेश गरेको छ ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार पक्राउ परेका अभियुक्तहरूमध्ये कतिपय लामो समयदेखि फरार रहेका थिए। पक्राउ परेका अभियुक्तहरूमाथि अदालतको आदेशअनुसार कैद तथा जरिवाना असुल उपर गरिएको छ ।

सर्लाही जिल्ला अदालतबाट जारी गरिएको आदेशअनुसार यस अवधिमा कुल ६ वर्ष, ६ महिना, ६ दिनको कैद सजाय तथा रु। १६,९४,६२९ जरिवाना असुल गरिएको छ । प्रहरी प्रशासनले अदालतका फैसलाहरू कार्यान्वयन गर्दै न्याय प्रणालीलाई सशक्त बनाउन निरन्तर खोजतलास तथा कानुनी प्रक्रिया अगाडि बढाइरहेको जनाएको छ ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार