
सर्लाही – पर्सामा स्रोत नखुलेको रुपैयाँसहित एक जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा भारतीय नागरिक नेहाल कुमार रहेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार विशेष सूचनाको आधारमा खटिएको प्रहरीको टोलीले उनलाई वीरगन्जको लिङ्क रोडबाट पक्राउ गरेको हो ।

जाँच गर्ने क्रममा उनको साथमा १० लाख रुपैयाँ भेटिएको र उक्त रकमको श्रोत खुलाउन नसकेपछि उनलाई पक्राउ गरिएको हो। पक्राउ परेका कुमारलाई जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।