धनुषामा स्रोत नखुलेको रकमसहित तीन जना पक्राउ

२०८१ फाल्गुन ५, सोमबार १२:३४
साङ्केतिक तस्बिर

सर्लाही – धनुषामा स्रोत नखुलेको रकमसहित तीन जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा एक भारतीयसहित तीन जना रहेका छन्।

जिल्लाको जनकपुरधाम उपमहानगरपालिका-८ बाट स्रोत नखुलेको नगद ५७ लाख ८४ हजार ६ सय ३५ रूपैयाँसहित कर्जन्हा नगरपालिका-९ बस्ने ३९ वर्षीय भुवनेश्वर राउत, भारत बिहार राज्य सितामढी थाना परिहार ग्राम पञ्चायत बराही बस्ने ४२ वर्षीय जामुन नायक र जनकपुरधाम उपमहानगरपालिका-८ स्थित न्यू अनुष्का मनी ट्रान्सफर ट्रेडर्सका कर्मचारी सोही उपमहानगरपालिका-८ बस्ने २६ वर्षीय जेनिस साह रहेका छन् ।

प्रहरीका अनुसार मधेश प्रदेश प्रहरी कार्यालय जनकपुर र जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको प्रहरीले भुवनेश्वर र जामुनलाई नगद १० लाख रूपैयाँ, २ थान मोबाइल तथा जेनिसलाई ४७ लाख ८४ हजार ६ सय ३५ रूपैयाँ, मोबाइल १ थान र ल्यापटप १ थान सहित पक्राउ गरेको हो । यस सम्बन्धमा अनुसन्धान अघि बढाईएको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार