पचरौतामा दुई दिने वन समूहहरुलाई जग्गा बिकास तथा ब्यवस्थापन र कृषि वन सम्बन्धी तालीम सम्पन्न

२०८१ फाल्गुन ५, सोमबार २०:४२

बारा – बाराको पचरौता नगरपालिकामा दुई दिने निजी तथा सार्वजनिक वन समूहहरुलाई जग्गा बिकास तथा ब्यवस्थापन र कृषि वन सम्बन्धी तालिम सम्पन्न भएको छ। हिजो (आईतबार) बाट नगरपालिकाको सभाहलमा सुरु भएको तालिम आज (सोमबार) सम्पन्न भएको हो।

तालिममा नगरपालिका भित्रका भिखना हरियाली वन समूह, राम जानकी हरियाली वन समूह , राजदेवी हरियाली वन समूह, सीतलामाई हरियाली वनसमूह लगायतका सहभागी सदस्यहरुलाई वनका किसिम, वन कार्यालयको काम कर्तव्य, वन जंगलबाट फाइदा, निजी वन दर्ता सम्बन्धी प्रशिक्षण दिइएको थियो।

यस्तै, सार्वजनिक जग्गाको पहिचान, जग्गा बिकास तथा ब्यवस्थापन, सस्तो, दिगो र योजनाबद्ध बिकासको लागि मार्ग दर्शन, जग्गा बिकासको इतिहास सम्बन्धि बिषयहरुमा प्रशिक्षण दीइएको प्रशिक्षक पूर्व वन अधिकृत राम प्रसाद साहले जानकारी दिए।

नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत गौरी साहको अध्यक्षतामा सुरु भएको कार्यक्रमको डिभिजन वन कार्यालय बाराका कर्मचारी हरी शंकर साहले संचालन गरेका थिए।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार