गोडैता – सर्लाहीको गोडैता बजारमा इन्टरनेट सेवा प्रदायक संस्था सर्लाही कम्युनिकेशनको उद्घाटन गरिएको छ। प्रधान कार्यालय जिल्ला सदरमुकाम मलंगवामा रहेको संस्थाको शाखा कार्यालय गोडैताको सोमबार दिउँसो गोडैता नगरपालिकाका नगर प्रमुख देबेन्द्र यादवले रिबन काटेर उद्घाटन गरेका हुन्।
जिल्लाको पश्चिमी भेगमा पर्ने यो ठाउँमा अब इन्टरनेट सेवा सहज र सुलब दरमा प्रयोग गर्न सकिने सम्भावना देखिएको नगर प्रमुख यादवले बताए। यस भेगमा फास्ट इन्टरनेट सेवा सहज र सुलब दरमा प्रदान गर्न शाखाको स्थापना गरिएको सर्लाही कम्युनिकेशन गोडैताका प्रमुख सेराज मिकरानीले बताए।
यसघि यो ठाउँमा केहि इन्टरनेट सेवा प्रदायक संस्थाले सेवा प्रदान गर्दै आइरहेका र बारम्बार समस्या देखिनाले यस ठाउँका सेवाग्राहीहरु सन्तुष्ट छैनन्। बिकल्पको रुपमा अन्य कुनै सेवा प्रदायक संस्था नहुँदा जसोतसो भएपनि तिनै संस्थाबाट सेवा लिन बाध्य थिए।







