
धनकौल – सर्लाहीमा लागु औषधसहित दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा जिल्लाको लालबन्दी नगरपालिका – ११ निवासी २६ बर्षिय मुकेश र सोहि ठाउँ बस्ने १९ बर्षिय संजिव महतो रहेका छन्।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार उनीहरु सवार भई भारतबाट नेपालतर्फ आउंदै गरेको ना. ४२ प ४२७० नम्बरको मोटरसाईकल पर्सा गाउँपालिका – ६, मङराहा पोखरीस्थित हुलाकी सडक खण्डमा चेकजाँच गर्ने मोटरसाईकलमा लुकाई राखिएको अवस्थामा लागु औषध भेटीएपछि उनीहरुलाई गत सोमबार पक्राउ गरिएको हो।

प्रहरीले उनीहरुको साथबाट तिबन्धित लागु औषध ONEREX- 100 ML को १७० वटा बोतल र RJE-SCEN-100 ML को २४ वटा बोतल गरि जम्मा १९४ बोतल बरामद गरेको छ। उनीहरुमाथि जिल्ला अदालत सर्लाहीबाट १० दिनको म्याद थप गरेर अनुसन्धान अघि बढाईएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।