विमानस्थलको शौचालयबाट वेवारिसे एक सय २५ ग्राम सुन बरामद

२०८१ फाल्गुन ७, बुधबार १५:५७
सांकेतिक तस्बिर

सर्लाही – भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट एक सय २५ ग्राम सुन बरामद भएको छ । मंगलबार दिउँसो विमानस्थलको आगमन टर्मिनल भवनको प्रवेशद्वार नजिकै महिला शौचालयबाट वेवारिसे अवस्थामा सुन बरामद भएको हो।

प्रहरीका अनुसार रियाज अहमद नाउको नाममा जारी भएको गोल्डेन स्टोन न्यू ज्वेलरीको दुई वटा २५ ग्राम र एक सय ग्रामको बिलसहित सुनजस्तो देखिने पहेलो रंगको धातुले बनेको दुई थान सिक्री बरामद भएको हो । बरामद सिक्री गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा पठाइएको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार