
सर्लाही – ७५ औँ राष्ट्रिय प्रजातन्त्र दिवस सर्लाहीमा पनि बिबिध कार्यक्रमका साथ मनाईएको छ।
प्रजातन्त्र दिवस मूल समारोह समितिको आयोजनामा प्रभात फेरी, झण्डोत्तोलन र मञ्च कार्यक्रम, रक्तदान, राष्ट्रसेवक कर्मचारी र जनप्रतिनिधि बीच मैत्रीपूर्ण क्रिकेट प्रतियोगिता लगायतका कार्यक्रमहरुका साथ् दिवस मनाईएको हो।
दिवसका अवसरमा आयोजित समारोहलाई सम्बोधन गर्दै प्रमुख जिल्ला अधिकारि तुलसी बहादुर श्रेष्ठले फाल्गुन ७ गतेको दिनलाई राष्ट्रिय प्रजातन्त्र दिवसको रुपमा उत्सवका साथ मनाउन सबैलाई अनुरोध गरे। दिवसका अवसरमा प्रजातन्त्रको आन्दोलनमा योगदान पुर्याएका शहीदहरूप्रति श्रद्धाञ्जली अर्पण र सम्मान व्यक्त गरिएको थियो।