काठमाडौ – जनता समाजवादी पार्टी (जसपा) सम्बद्ध जनवर्गीय संगठन “समाजवादी किसान महासंघ” को केन्द्रिय अध्यक्षमा पार्टीका नेता एवं केन्द्रिय सदस्य भाग्य नारायण राय नियुक्त भएका छन् ।
बुधबार च्यासलको ज्यापु प्रज्ञा भवनमा जनवर्गीय संगठन संयुक्त आयोजक समितिद्वारा आयोजित पार्टी सम्बद्ध जनवर्गीय संगठनहरुको रुपान्तरण तथा पुनर्गठन घोषणा सभाको निर्णय अनुसार रायलाई महासंघको केन्द्रिय अध्यक्षमा नियुक्त गरिएको हो ।

अध्यक्ष रायको नेतृत्वमा २१ सदस्य महासंघको कार्यसमिति चयन भएको छ । कार्यसमितिका पदाधिकारीहरुमा उपाध्यक्ष क्रमशः राजेश्वरी शर्मा, कृष्ण भक्त डङ्गोल, बेचु राई, तबरेज अहमद रहेका छन् । भने महासचिवमा ओम कृष्ण श्रेष्ठ र उप महासचिवमा पुर्ण राई लगायतका पदाधिकारीहरु रहेका छन् ।
राय लामो समयदेखि समाजवादी आन्दोलन तथा कृषक हकहितका विषयमा क्रियाशील रहँदै आएका छन् । नव नियुक्त केन्द्रिय अध्यक्ष रायले, नयाँ नेतृत्व चयनसँगै महासंघले आगामी दिनमा किसानका चुनौती, समस्या र तिनका समाधानका लागि विभिन्न कार्यक्रमको योजना अघि बढाउने बताए ।





