
नूर आलम बादशाह, बारा – बारा जिल्लाको पचरौता नगरपालिका-७ धर्मनगर क्षेत्रबाट बिहिबार सशस्त्र प्रहरीले १०.८ किलो गाँजा बरामद गरेको छ ।
बिहिबार दिउँसो साढे १ बजेतिर नेपालबाट भारततर्फ जाँदै गरेको ब्यक्तिले गस्तिमा खटिएको सशस्त्र प्रहरीलाई देख्नासाथै उक्त गाँजा र दुई वटा भारतीय नम्बरको मोटरसाईकल सोही ठाउँमा छाडी फरार भएका थिए ।
सशस्त्र प्रहरी बल, नेपाल बिओपी बेनौलीका सप्रनानि विश्वराज कुँवरको कमाण्डमा खटिएको टोलीले उक्त गाँजा बरामद गरेको हो । बरामद गाँजा आवश्यक कारवाहीको ईलाका प्रहरी कार्यालय सिम्रौनगढलाई बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ । फरार भएकाहरुको खोजी भइरहेको सप्रनानि कुँवरले बताए ।