गोडैतामा एक पुरुष मृत फेला

२०८१ फाल्गुन ९, शुक्रबार २०:५०
घटनास्थल

गोडैता – सर्लाहीको गोडैतामा एक पुरुष मृत फेला परेका छन्। आज (शुक्रबार) दिउँसो गोडैता नगरपालिका – ९, रोहुवामा रौतहटको गढीमाई नगरपालिका – २, हथिऔल घर भएका ४५ वर्षीय शुद्धिलाल साह मृत फेला परेका हुन्।

गहुँ खेतमा उनलाई मृत देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। स्थानीयको खबरपछि खटिएको प्रहरीको टोलीले करेन्ट लागेर मृत्यु भएको हुन् सक्ने आशंका गरेको छ। प्रहरीले बताए अनुसार बिजुलीको ट्रान्सफर्मरमूनि उनि मृत फेला परेका थिए भने उनको हातमा तार र छेउमा एक थान पिलास भेटिएको छ।

उनि यहाँ ससुुरालीमा बसेर सागसब्जी बेच्दै आईरहेको बुझिएको छ। मृतकको शव पोस्टमार्टमका लागि जिल्ला सदरमुकाम मलंगवामा राखिएको र घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार