रौतहटसहित तिन जिल्लाका सीडीओको सरुवा

२०८१ फाल्गुन ९, शुक्रबार २१:१२

सर्लाही – गृह मन्त्रालयले तीन प्रमुख जिल्ला अधिकारी (सीडीओ)को सरुवा गरेको छ।

गृहमन्त्री रमेश लेखकले नवलपरासी पश्चिमकी सीडीओ स्किम श्रेष्ठलाई मकवानपुरको सीडीओमा सरुवा गरेका छन्, भने रौतहटका सीडीओ हिरालाल रेग्मी नवलपरासी पश्चिममा सरुवा गरेका छन् । मकवानपुरका सीडीओको अर्थ मन्त्रालयमा सरुवा भएपछि खाली थियो ।

रौतहटमा भने कसैको निर्णय नभएको बताइएको छ । त्यस्तै तेह्रथुमको सीडीओमा मन्त्रालयमा कार्यरत प्रकाश अधिकारीलाई पठाउने निर्णय भएको मन्त्रालयको कर्मचारी प्रशासन महाशाखाले जनाएको छ । तेह्रथुममा उपसचिव सीडीओ हुन्छन् ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार