सर्लाही – चालु आर्थिक वर्षको माघ मसान्तसम्म(७ महिना) मा २५ अर्ब ८७ करोडभन्दा बढीको तरकारी आयात भएको भन्सार विभागले जनाएको छ ।
विभागका अनुसार माघ मसान्तसम्ममा २५ अर्ब ८७ करोड ७८ लाख २५ हजार रुपैयाँको तरकारी आयात भएको हो। उक्त तरकारी आयात हुँदा ५ अर्ब १७ करोड ८ लाख ८६ हजार रुपैयाँ बराबर राजस्व संकलन भएको छ ।

यस्तै, सो अवधिमा १२ अर्ब ३२ करोड २२ लाख ११ हजार रुपैयाँको फलफूल आयात भएको छ । उक्त पफलफूल आयात हुँदा ३ अर्ब ८९ करोड ४१ लाख ३३ हजार रुपैयाँ बराबर राजस्व संकलन भएको छ।





