सिन्धुलीमा प्रश्नपत्र दिने प्रलोभन देखाएर छात्रालाई बलात्कार गर्ने शिक्षक पक्राउ

२०८१ फाल्गुन १०, शनिबार १५:२१
सांकेतिक तस्बिर

सर्लाही – सिन्धुलीमा प्रश्नपत्र दिने प्रलोभन देखाएर छात्रालाई बलात्कार गर्ने शिक्षक पक्राउ परेका छन्। पक्राउ पर्नेमा जाजरकोट भेरी नगरपालिका वडा नं. ९ का गोरख वि.क. रहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार उनलाई सिन्धुलीको मरिण गाउँपालिका वडा नं.१ स्थित निमावि बसेरीमा कक्षा ८ मा पढ्ने १४ वर्षीया छात्रालाई जबर्जस्ती करणी गरेको आरोपमा पक्राउ गरिएको हो। उनि सोहि बिद्यालयमा बिज्ञान शिक्षक रहेको बताईएको छ।

परीक्षाको प्रश्नपत्र दिन्छु भनि कोठामा बोलाई बुधबार राती साढे दश बजेदेखि बिहिबार बिहान ३ बजेसम्म पटक पटक बलत्कार गरेको आरोप लागेका शिक्षक वि.क.लाई शुक्रबार नियन्त्रणमा लिईएको हो ।

शुक्रबार विद्यालयमा विद्यालय व्यवस्थापन समिति, शिक्षक भेला भई छलफल गरि र वडाका वडाअध्यक्षले घटनाबारे प्रहरीलाई जानकारी गराएपछि उनलाई पक्राउ गरिएको हो। बलात्कार आरोपी शिक्षकलाई जिल्ला प्रहरी कार्यालयमा राखेर थप अनुसन्धान भईरहेको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार