सर्लाही – भारतको उत्तर प्रदेशको प्रयागराजस्थित कुम्भ स्नान गरेर फर्कदै गरेकाहरु सवार स्कार्पियो दुर्घटना हुँदा सप्तरीका तिनसहित चार जनाको मृत्यु भएको छ। अन्य छ जना गम्भीर घाईते भएका छन्। शुक्रबार राति उत्तर प्रदेशको बाँसगाउँ थाना क्षेत्र अन्तर्गत गोरखपुर लिंक रोडमा ट्रयाक्टरको ट्रलीमा ठोक्किएर दुर्घटना भएको हो ।
दुर्घटनामा परि मृत्यु हुनेमा सप्तरीको कञ्चनरुप नगरपालिका–७ की लिलादेवी चौधरी, कञ्चनरुप–७ कै पर्शुराम चौधरी र कञ्चनरुप–५, पिपरा पूर्वकी हरिहरदेवी यादव र सुनसरीको कुशाहा गाउँपालिका–१ की समतोलिया देवी यादव रहेकी छिन। घाईतेहरुको अवस्था गम्भीर रहेको बुझिएको प्रहरीको भनाई छ।

यसघि पनि शुक्रबार राति नै भारतको महाकुम्भ मेला स्नान गर्न गएका रुपन्देहीको देवदहका तीन जनाको दुर्घटनामा मृत्यु भएको थियो। ति तिन जनामध्येमा एक जना सर्लाहीका थिए। सर्लाहीको ईश्वरपुर नगरपालिका–३ भक्तिपुरस्थित सरस्वती माध्यमिक विद्यालयका पूर्वप्रधानाध्यापक ईश्वरपुर नगरपालिका–७ पोखरीटोल निवासी विन्देश्वर सिंहको मृत्यु भएको थियो।





