प्रेस सेन्टर मधेसको अध्यक्षमा निरज पिठाकोटी चयन

२०८१ फाल्गुन ११, आईतवार ११:५७
File image

सर्लाही – प्रेस सेन्टर नेपालको बर्दिबासमा सम्पन्न पाँचौँ प्रदेश अधिवेशनले पर्साका पत्रकार निरज पिठाकोटीलाई मधेस प्रदेश अध्यक्ष चयन गरेको छ । यसैगरी वरिष्ठ उपाध्यक्षमा सप्तरीका गोपाल गुप्ता, उपाध्यक्षमा धनुषाका रामएकवाल महरा, महासचिवमा सिराहाका जिवछ उदासी चयन भएका छन्।

सचिव पदमा धनुषाका विनोद महतो, बाराका रमेश साह, पर्साका रञ्जित पाण्डे, सप्तरीका दीपेन्द्र यादव, महोत्तरीका विष्णु गुप्ता, रौतहटका ओमकिशोर चौधरी चयन भएका छन्। कोषाध्यक्षको जिम्मेवारी महोत्तरीका निरञ्जन साहलाई दिइएको छ।

सदस्यहरूमा धनुषाकी प्रतिभा झा, सिराहाका रामनारायण ठाकुर र आमस्त चौधरी, सप्तरीका महेन्द्र मण्डल, महोत्तरीकी इशारा लामा, पर्साका भरत सर्राफ र सुव्दर हुसेन, सर्लाहीका सन्तोष लामा र सुमन लामा, बाराका उमेश घलान र मुकेशकुमार मेहता चयन भएका छन्। पहिलो बैठकबाट महिला उपाध्यक्ष मनोनयन गरिने केन्द्रीय उपाध्यक्ष तथा मधेस प्रदेश इन्चार्ज गोविन्द देवकोटाले बताए । – From Ratopati

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार