रौतहटमा अपरिचित युवकको शव फेला

२०८१ फाल्गुन ११, आईतवार १५:११
मृत फेला परेका युवक

सर्लाही – रौतहटमा अपरिचित युवकको शव फेला परेको छ। जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार आज बिहान करिव ५ बजे गरुडा नगरपालिका – १, जयनगरस्थित फर्निचर मेलामा एक युवकको शव फेला परेको हो।

शवको नामथर, वतन नखुलेको र आवश्यक प्रकृया पुरा गरी युवकको शव पोष्टमार्टमका लागि गौरस्थित प्रादेशिक अस्पतालमा ल्याईएको र यस सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार