
सर्लाही – सिरहामा सवारी दुर्घटनामा परि दुई जनाको मृत्यु भएको छ। पूर्व–पश्चिम राजमार्ग अन्तर्गत मिर्चैया र धनगढीमाइमा आज भएका सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको हो।
प्रहरीका अनुसार मिर्चैया नगरपालिका–७ मा रहेकोे ट्रकमा ‘पिकअप भ्यान’ ठोक्किँदा त्यसका सहचालक सिन्धुलीको दुधौली नगरपालिका—१४ का २७ वर्षीय मिलन सुनारको मृत्यु भएको छ। उनको घट्नास्थलमा मृत्यु भएको हो।

सोहि दुर्घटनामा अर्का एक व्यक्ति घाईते भएका छन्। घाइते हुनेमा पिकअप भ्यानका चालक दुधौली नगरपालिका—१४ का सागर सुनार रहेका छन्। उनको अवस्था गम्भीर रहेको बताईएको छ।
यसैगरी, धनगढीमाइ नगरपालिका–१०, कसहाबाट लहानतर्फ गइको टिपरले मोटरसाइकललाई पछाडिबाट ठक्कर दिँदा मोटरसाइकल चालक मिर्चैया नगरपालिका–५ का ५७ वर्षीय अजबलाल साहको मृत्यु भएको छ ।
दुर्घटनामा परेका सवारी साधन प्रहरीको नियन्त्रणमा रहेको र दुवै घटनाका सम्बन्धमा अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।