सर्लाहीका एकसहित चार जना साढे ८ किलो सालकको खपटासहित गोकर्णेश्वरबाट पक्राउ

२०८१ फाल्गुन ११, आईतवार २१:०५
सालकको खपटासहित पक्राउ परेकाहरु

सर्लाही – सर्लाहीका एकसहित चार जना साढे ८ किलो संरक्षित वन्यजन्तु सालकको खपटासहित गोकर्णेश्वरबाट पक्राउ परेका छन्।

पक्राउ पर्नेहरुमा सर्लाहीका ४८ वर्षीय कुवेर बहादुर स्याङतान, नुवाकोटका ४० वर्षीय सन्तबहादुर गुरुङ, ओखलढुंगाका २८ वर्षीय राजु विश्वकर्मा र सुनसरीका ४२ वर्षीय मदन राई रहेका छन् ।

प्रहरीका अनुसार उनीहरुलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले शनिबार साँझ पक्राउ गरेको हो। पक्राउ परेकाहरुलाई आवश्यक कारवाहीका लागि खपटासहित डिभिजन वन कार्यालय हात्तिसार पठाइएको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार