लमजुङको खुदिखोला आसपास केन्द्रविन्दु भएर ३ दशमलव १ स्केल रेक्टरको भूकम्प

२०८१ फाल्गुन १२, सोमबार १०:३४
सांकेतिक तस्बिर

सर्लाही – लमजुङमा भूकम्पको धक्का महसुस भएको छ ।

राष्ट्रिय भूकम्पमापन केन्द्रका अनुसार आज बिहान ९ बजेर ११ मिनेट जाँदा जिल्लाको मस्र्याङ्दी गाउँपालिका– २ घनपोखरास्थित खुदिखोला आसपास केन्द्रविन्दु बनाएर भूकम्प गएको हो ।

राष्ट्रिय भूकम्पमापन केन्द्रले ३ दशमलव १ स्केल रेक्टरको भूकम्प गएको जनाएको छ । सो भूकम्पको धक्का जिल्लाका विभिन्न ठाउँबाट महसुस गरिएको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार