पेस्तोल र गोलीसहित भारत बिहारका दुई जना पक्राउ

२०८१ फाल्गुन १२, सोमबार १३:३३
साङ्केतिक तस्बिर

सर्लाही – प्रहरीले पेस्तोल र गोलीसहित भारत बिहारका दुई जना युवकलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा भारतको बिहारका २२ वर्षीय धीरज कुमार र २६ वर्षीय दीपक कुमार छन् । प्रहरीका अनुसार उनीहरुलाई मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१५, रातोमाटेबाट आइतबार दिउँसो पक्राउ गरेको हो।

उनीहरू रौतहटबाट चितवनतर्फ आउँदै गरेको ना८ख ८७७३ नम्बरको बसमा सवार थिए । उनीहरूका साथबाट प्रहरीले एकथान पेस्तोल र तीन राउन्ड गोली बरामद गरेको छ । यस सम्बन्धमा थप अनुसन्धान भईरहेको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार