बाराका एक युवक सुनसहित हेटौंडाबाट पक्राउ

२०८१ फाल्गुन १२, सोमबार १५:४५
पक्राउ परेका व्यक्ति

सर्लाही – बाराका एक युवक सुनसहित हेटौंडाबाट पक्राउ परेका छन्। पक्राउ पर्नेमा बाराको कोल्हवी नगरपालिका ५ का ३३ वर्षीय जस जोशी चौधरी रहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार पूर्वपश्चिम राजमार्ग अन्तर्गत हेटौंडा–१५ रातोमाटेमा हेटौंडातर्फ आउँदै गरेको ना. ५ ख ५१२९ नम्बरको बसलाई चेकिङको क्रममा ४३ दशमलव ३८ ग्राम सुन फेला परेको हो।

बस चालक चौधरीलाई शंकाको आधारमा बसबाट ओरालेर खानतलासी गर्दा उक्त परिमाणको सुन फेला परेको हो। सुनसहित पक्राउ परेका चौधरीलाई आवश्यक अनुसन्धान एवं कारबाहीका लागि राजश्व अनुसन्धान कार्यालय पथलैया बारा पठाइएको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार