म्याग्दी केन्द्रविन्दु भएर भूकम्पको धक्का

२०८१ फाल्गुन १३, मंगलवार १०:०९
सांकेतिक तस्बिर

सर्लाही – म्याग्दी केन्द्रबिन्दु भएर मंगलबार बिहान केही मिनेटको अन्तरमा लगातार दुई वटा भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।

केन्द्रका अनुसार बिहान ९ बजेर १८ मिनेट जाँदा जिल्लाको मुना केन्द्रबिन्दु भएर ३.५ म्याग्निच्युडको भुकम्प गएको थियो भने त्यसको केहि बेरमा अर्थात् बिहान ९ बजेर २६ मिनेट जाँदा जिल्लाको मुरी केन्द्रबिन्दु भएर ३.६ म्याग्निच्युडको दोश्रो भूकम्प गएको गएको हो।

यसघि सोमबार बिहान लमजुङ केन्द्रबिन्दु भएर भूकम्प गएको थियो । मस्र्याङ्दी गाउँपालिका–२ घनपोखरीस्थित खुदिखोला आसपास केन्द्रबिन्दु भएर गएको सो भूकम्पको तीव्रता ३.१ म्याग्निच्युड रहेको थियो ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार