सर्लाही – सर्लाहीमा स्रोत नखुलेको साँढे सात लाखसहित एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा भारतको बिहार राज्य सितामढी जिल्ला ग्राम पन्चायत बिसनपुर १५ का २२ वर्षीय चन्दन कुमार महतो रहेका छन्।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार उनलाई आज (मंगलबार) दिउँसो नेपाल–भारत सीमा दशगजा नजिक मलङ्गवा नगरपालिका–८, स्थित प्रहरी चौकी गोरखकालीबाट पक्राउ गरिएको हो।

उनि सवार भई आएको बीआर ३० ए बी ९१८३ नम्वरको भारतीय मोटरसाइकल उक्त स्थानमा रोकी चेकजाँच गर्ने क्रममा श्रोत नखुलेको नेपाली करिव ७ लाख ५८ हजार ३१० रुपियाँ भेटिएपछि पक्राउ गरिएको हो। यस सम्बन्धमा थप अनुसन्धान भईरहेको छ।





