सर्लाही – सर्लाहीमा प्रतिबन्धित भारतीय रुपैयाँसहित दुई जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा भारतको सीतामढी जिल्ला ग्राम पंचायत मझौलिया बस्ने २४ बर्षिय आलोक कुमार मिश्र र ऋषव कुमार रहेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार मलंगवा नगरपालिका – ८ बाट बुधबार उनिहरुलाई पक्राउ गरिएको हो।

भारतबाट गोरखकालीतर्फ आउँदै गरेको उनीहरु सवार बिआर ३० एम ०४६८ भारतीय नम्बरको मोटरसाइकल चेकजाँच गर्ने क्रममा आलोकले बोकेको झोलामा प्रतिबन्धित ५०० भारतीय रुपैयाँको २ सय वटा नोट गरि १ लाख भेटीएपछि उनीहरुलाई पक्राउ गरिएको हो।
प्रहरीले उनीहरुको साथबाट ५०० भारतीय रुपैयाँको २ सय वटा नोट गरि १ लाख, उक्त मोटरसाईकल र दुई वटा मोबाईल बरामद गरेको छ।
आवश्यक कारवाहीका लागि बरामद प्रतिबन्धित रुपैयाँ, सामानसहित उनीहरुलाई राजस्व अनुसन्धान कार्यालय पथलैया बारा पठाईएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवम् सूचना अधिकारि प्रहरी नायव उपरीक्षक सरोज राईले जानकारी दिए।





