नूर आलम बादशाह, बारा – बारामा सीमावासीसँग सशस्त्र प्रहरी कार्यक्रम अन्तर्गत १५ दिने रंगरोगन सीपमूलक तालीमको उद्घाटन गरिएको छ। सशस्त्र प्रहरी बल नेपाल नम्बर १२ गण हेडक्वाटर बाराको आयोजनामा आजदेखि बिओपी पिपरपातीमा सन्चालन भएको सीमावासीसँग सशस्त्र प्रहरी कार्यक्रम अन्तर्गत १५ दिने रंगरोगन सीपमूलक तालीमको उद्घाटन गरिएको हो।
दैनिक दुई घण्टा चल्ने तालिम १५ दिनसम्म चल्ने छ। यस तालिमले व्यवसायिक दक्षता अभिबृद्वी गरि व्यक्तिलाई आत्मनिर्भर बनाउन मार्ग प्रदर्शन गर्ने बिश्वास लीइएको छ। सिमा नाकाबाट हुने अबैध निकासी पैठारी जस्ता क्रियाकलापहरु अन्त्य गर्ने तालिमको उद्देश्यले रहेको सशस्त्र प्रहरी बल नेपाल नम्बर १२ गण हेडक्वाटर बाराले जनाएको छ।

कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि जिल्ला प्रशासन कार्यालय बाराका प्रमुख बसन्त अधिकारीले भने ‘सिमाबासी भनेको बर्दी बिनाको प्रहरी हो, जसले सीमालाई रक्षा गर्ने काम गरिरहेका छन्।’ सिमावासी अनुशासित र सुरक्षित ढंगले बस्न आग्रह गर्दै सिमा क्षेत्रमा हुने अबैध गतिविधिमा नलाग्न सम्झाउनु भयो।
कार्यक्रममा सशस्त्र प्रहरी बल नेपाल नम्बर १२ गण हेडक्वाटर बाराका गणपति सशस्त्र प्रहरी उपरीक्षक खुम बहादुर केसी, सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सिमा सुरक्षा गुल्म पिपरपाती बाराका गुल्मपति सशस्त्र प्रहरी नायब उपरीक्षक प्रदिप थापा, इप्रका सिम्रौनगढका प्रमुख पवन पछाई, सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट बिओपीका प्रमुख, तालिमका प्रशिक्षक तथा प्रशिक्षार्थीलगायत सरोकारवालाहरुको उपस्थिति रहेको थियो।





