
नूर आलम बादशाह, सिम्रौनगढ़ – बाराको सिम्रौनगढ़मा मोटरसाइकल दुर्घटना हुँदा एक युवक गम्भीर घाइते भएका छन्। आफैले चलाएको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा पचरौताका एक युवक घाइते भएका हुन्।
ईलाका प्रहरी कार्यालय सिम्रौनगढ़का अनुसार सिम्रौनगढ़ नगरपालिका – ५, नहर सड़कखण्डस्थित टेढ़ी भन्ने पुल नजिक भारतीय मोटरसाईकल बिआर ०६ बीएफ ६६२० नम्बरको मोटरसाईकल आफै अनियन्त्रित भई पल्टिंदा पचरौता नगरपालिका – ९, कलाबंजर बस्ने लखु चौरसियाका छोरा अन्दाजी १९ वर्षीय बिजय चौरसिया घाइते भएका छन्।
हाल घाइते चौरसियाको बीरगंज ब्योधा अस्पतालमा उपचार भइरहेको छ । उनको स्वास्थ्य अवस्था गम्भीर रहेको पारिवारिक स्रोतले जानकारी दिएको छ । घटनाका सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।