सशस्त्र प्रहरीले माग्यो २८ जना प्रहरी निरीक्षक ( सूचीसहित )

२०८१ फाल्गुन १६, शुक्रबार १०:४८

सर्लाही – सशस्त्र प्रहरी बलले २८ जना प्रहरी निरीक्षक (इन्सपेक्टर)का लागि दरखास्त आह्वान गरेको छ। सशस्त्र प्रहरी बल, प्रधान कार्यालय अन्तर्गतको भर्ना तथा छनोट शाखाले शुक्रबार सूचना जारी गर्दै २८ जना नयाँ इन्सपेक्टरका लागि दरखास्त आह्वान गरेको हो।

कानून र लेखा उपसमूहतर्फ गरेर २८ जना नयाँ प्रहरी निरीक्षक भर्नाका लागि दरखास्त आह्वान गरिएको सूचनामा उल्लेख छ। कानून उपसमूहतर्फ ८ र लेखा उपसमूहतर्फ २० जनाको लागि दरखास्त आह्वान गरिएको हो। योग्यता पुगेका इच्छुक नेपाली नागरिकले आगामी चैत १९ गतेसम्म दरखास्त दिन सक्नेछन्।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार