गोडैतामा ट्याक्टर दुर्घटना: चालकको हात छिनियो, अवस्था गम्भीर

२०८१ फाल्गुन १६, शुक्रबार १८:२९

गोडैता – सर्लाहीको गोडैतामा ट्याक्टर दुर्घटना हुँदा एक जना गम्भीर घाईते भएका छन्।

आज दिउँसो गोडैता नगरपालिका -१०, सिसौटियास्थित झगरु चोकमा बालुवा बोकेको ना २ त ७८३४ नम्बरको ट्याक्टर अनियन्त्रित भई दुर्घटना भएको हो। दुर्घटनामा ट्याक्टर चालक एक जना घाईते भएका छन्। घाइतेको नाम खुलेको छैन।

प्रहरी चौकी गोडैताका अनुसार दुर्घटनास्थलमा प्रहरी खटिएको छ, घाइते अहिले अचेत अवस्थामा रहेको र उनलाई उपचारका लागि जिल्ला सदरमुकाम मलंगवास्थित प्रादेशिक अस्पतालमा पठाईएको छ।

घाईतेको एउटा हात छिनिएको (शरीरबाट छुट्टीएको) छ। तिब्र गतिमा रहेको ट्याक्टर अनियन्त्रित भई दुर्घटना भएको हुन् सक्ने अनुमान लगाईएको छ। घटनाका सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार