रौतहटमा एकै दिन १० प्रतिवादी पक्राउ

२०८१ फाल्गुन १७, शनिबार ०७:३५
साङ्केतिक तस्बिर

सर्लाही – फैसला कार्यान्वयन अभियान अन्तर्गत जिल्ला प्रहरी कार्यालय रौतहट तथा मातहतका युनिटहरूले एकै दिनमा १० जना फरार प्रतिवादी पक्राउ गरेका छन्। विभिन्न मुद्दामा अदालत बाट दोषी ठहर भई दण्ड सजाय तोकिएर लामो समय देखि फरार रहेका १० जना प्रतिवादी पक्राउ परेका हुन्।

जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार पक्राउ पर्नेमा कुटपिट मुद्दाका सफी आलम, कुटपिट तथा कुटपिट मुद्दाका रुवाना खातुन, जालसाजी मुद्दाका महेन्द्र साह, जुवामा शेख हैदर अली, किरते जालासजीमा नन्दकिशोर राम रहेका छन् ।

त्यस्तै वन मुद्दामा राम एकवाल चौधरी, मोटरसाइकल चोरीमा निरञ्जन पासवान, चेक अनादरमा प्रभु हजार, घरेलु हिंसामा मेघु हजरा र शिक्षा सम्बन्धी मुद्दामा सुनिता कुमारी पक्राउ रहेका छन्।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार