
सर्लाही – खानेपानीमन्त्री प्रदीप यादव आज छिमेकी मुलुक भारतको औपचारिक भ्रमणका लागि प्रस्थान गरेका छन् ।
भारतको राजधानी नयाँ दिल्लीस्थित जलशक्ति मन्त्रालयमा खानेपानी, सरसफाइ तथा स्वच्छता (वास) क्षेत्रको विकाससम्बन्धी समझदारीपत्रमा हस्ताक्षर कार्यक्रममा सरकारकातर्फबाट सहभागी हुन मन्त्री यादव त्यसतर्फ प्रस्थान गरेका हुन्।
गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकले खानेपानीमन्त्री यादवको भारत भ्रमण स्वीकृति गरेको थियो । यही फागुन १९ गते सोमबार हस्ताक्षर गरिने समझदारीपत्र कार्यक्रममा सहभागी हुन मन्त्री यादव आज २ः०० बजे भारत प्रस्थान गर्नुभएको हो ।
उक्त समझदारीपत्रमा सरकारका तर्फबाट मन्त्री यादव र भारत सरकारका तर्फबाट जलशक्तिमन्त्री सिआर पाटिलले हस्ताक्षर गर्ने मन्त्रालयले जनाएको छ। भारत र नेपाल सरकारबिच खानेपानी, सरसफाइ र फोहर व्यवस्थापन क्षेत्रमा सहयोग विस्तार गर्न समझौतापत्रमा हस्ताक्षर हुने जनाइएको छ ।
खानेपानीको स्रोतको विकास, स्वच्छ पानीको पहुँच, सरसफाइ प्रवर्द्धन, फोहर व्यवस्थापन र नेपाल सरकारको प्रयासलाई सशक्त बनाउने उक्त सम्झौताको लक्ष्य रहेको बताईएको। मन्त्री यादव मङ्गलबार स्वदेश फर्किने कार्यक्रम तय भएको छ ।