धनुषामा केहि दिनदेखि हराईरहेकी एक महिलाको शव आफ्नै घरमा फेला

२०८१ फाल्गुन १७, शनिबार १७:३७

सर्लाही – धनुषामा केहि दिनदेखि हराईरहेकी एक महिलाको शव आफ्नै घरमा फेला परेको छ। जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार जिल्लाको लक्ष्मीनिया गाउँपालिका – बनिनियामा स्थानीय २० वर्षीया अञ्जली यादवको शव आफ्नै घरमा फेला परेको हो।

स्थानीयले एकाएक अञ्जली हराएको तथा उनका श्रीमान् बेपत्ता भएको खबर गरेपछि प्रहरीले घटनाका सम्बन्धमा अनुसन्धान अघि बढाएको थियो। सोहि क्रममा शनिबार दिउँसो उनको आफ्नै घरको पूजाकोठामा गाडेको अवस्थामा फेला परेको हो।

घटनापश्चात उनका श्रीमान् हरिराम यादव फरार रहेकाले अञ्जलीको हत्या गरेर उनैले शव गाडेको हुन सक्ने प्रहरीको आशंका छ । रामहरिसँगै उनीहरूका १० महिनाकी छोरी पनि बेपत्ता छन्।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार