सर्लाहीमा ठुलो परिमाणको लागु औषधसहित दुई जना पक्राउ

२०८१ फाल्गुन १७, शनिबार २१:२३
साङ्केतिक तस्बिर

मलङ्गवा – सर्लाहीमा ठुलो परिमाणको लागु औषधसहित दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेहरूमा जिल्लाको ईश्वरपुर नगरपालिका – ३, बस्ने २४ वर्षीय सुबोध पण्डित र कविलासी नगरपालिका – ३, बस्ने २८ वर्षीय मनोज कुमार महतो रहेका छन्।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार उनीहरूलाई साइकलमा भारतबाट औषधि लुकाई नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा चेकजाँच गर्ने क्रममा मलंगवा नगरपालिका–१० बाट पक्राउ गरिएको हो।

प्रहरीले उनीहरुको साथबाट नाइट्रजपाम ट्याब्लेट आईपी १० एमजी लेखिएको ११३ पत्ता (११३० ट्याबलेट) बरामद गरेको छ। यस सम्बन्धमा थप अनुसन्धान अघि बढाईएको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार