
सर्लाही – सर्लाहीको कोडैनामा सुरुङ खनेर एकैरात ५ घरमा चोरी भएको छ। जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार कौडेना गाउँपालिका–६, सक्रौलमा गएराती ५ वटा घरहरुमा सुरुङ खनेर चोरी भएको हो।
स्थानीय राजदेव राय, गगनदेव साह, श्रीभुपनारायण राय, तेजा सहनी र सुकदेव रायको घरमा चोरी भएको हो। चोरले घरभित्र रहेका गरगहना, नगद लगायतका सामग्री चोरी गरेको बताईएको छ।
पछिल्लो समय उक्त गाउँमा चोरहरुको बिगबिगी छ। यसघि पनि सोहि गाउँमा एक्कासी चोरहरुको समूह आएर स्थानीयको आँखामा नसालु पदार्थ छर्किएर लुटपाट गरेर फरार भएका थिए।
केहि दिन अघि पनि यो गाउँमा रातिको समयमा यहि प्रकृतिमा बिभिन्न घरहरुमा चोरी भएको थियो। यता, सर्लाही प्रहरीले भने यो घटनाका सम्बन्धमा गहिरिएर अनुसन्धान गरिरहेको जनाएको छ।