ईस्लाम धर्मावलम्बीहरूको पवित्र महिना रमजान आजदेखि सुरु

२०८१ फाल्गुन १८, आईतवार ०९:२८

सर्लाही – ईस्लाम धर्मावलम्बीको महान पर्व रमजान आजदेखि सुरु हुँदैछ । एक महिनासम्म चल्ने यो पर्वमा मुुसलमान समुदाय दिनमा निराहार बस्छ ।

रोजा बस्न मुसलमान समुदायले उर्दू क्यालेण्डरअनुसार शुक्रबार बिहान ४ः१० बजेदेखि बेलुका ६ः२० बजेसम्म निराहार (रोजा) बस्नुपर्छ । शरीरलाई चोखो राखेर मात्र रोजा बस्नुपर्छ । रोजाको समय दैनिक सूर्य उदाउने र अस्ताउने समयसँगै समय तालिक पनि परिवर्तन भइरहन्छ ।

रोजा बस्न बिहान तोकिएको समय अगावै र बेलुका तोकिएको समयपछि आहार लिने गर्दछन । रमजान उर्दू क्यालेण्डरअनुसार हिजरी सम्वत् १४४६ हो भने रमजान महिना नवौँ महिना हो । रमजान महिनामा नै मुसलमान समुदायको सबैभन्दा ठूलो ग्रन्थ कुरान अवतरण भएको हो भने यो महिनामा अल्लाहको कृतज्ञता प्राप्त हुने विश्वास गरिन्छ ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार