गोडैताका लाल मोहम्मदमाथि गोली हान्ने गुड्डु पक्राउ

२०८१ फाल्गुन १८, आईतवार १९:५५

सर्लाही – सर्लाहीको गोडैता नगरपालिका–२ का लाल मोहम्मदलाई गोली हानेर हत्या गर्ने सुटरलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

मोहम्मदमाथि गोली प्रहार गर्ने सुटर गुड्डु पासवानलाई आइतबार प्रहरीले काठमाडौंमा गोली हानेर नियन्त्रणमा लिएको छ । मोहम्मदमाथि २०७९ असोजको पहिलो साता गोली हानी हत्या गरिएको थियो।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एएसपी रमेश बस्नेतले पटेललाई टोखा क्षेत्रबाट पटेललाई नियन्त्रणमा लिइएको जानकारी दिए। उनले नियन्त्रणमा लिएका पटेल लाल मोहम्मदलाई गोली हानेर हत्या गरेका थिए।

विशेष सूचनाको आधारमा प्रहरी पुगेपछि भाग्न खोज्दा गोली चलाउनु परेको उनले बताए। काठमाडौंको मनोहरा नगरपालिकास्थित गोठाटारमा मोहम्मदको गोली हानी हत्या गरिएको थियो । त्यसबेला उनीमाथि गोली हानेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको थियो ।

त्यसपछि प्रहरीले सोहि घटनामा संग्लन भारतीय नागरिक बब्लु पासवान भनिने गणेश पासवानलाई गत बैशाख १६ गते राति ११ बजे पर्साको वीरगन्ज महानगरपालिका-१६ भुटनदेवीबाट गोलि हानेर पक्राउ गरेको थियो। यस सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार