मधेश प्रदेश सरकार अतिवादतर्फ उन्मुख हुँदै गएको नेपाली कांग्रेस मधेसका उपसभापति सिंहको आरोप

२०८१ फाल्गुन १८, आईतवार २१:१७

मलङ्गवा – नेपाली कांग्रेस मधेस प्रदेशका उपसभापति बिरेन्द्र सिंहले मधेश प्रदेश सरकार अतिवादतर्फ उन्मुख हुँदै गएको टिप्पणी गरेका छन्। साथै, उनले सत्तापक्ष भित्र पनि वाध्यात्मक परिस्थिति सृजना हुने अवस्था आएको बताएका छन्।

आज आइतबार बिहान सामाजिक संजालमा एक स्टाटस पोस्ट गर्दै उक्त कुरा बताएका हुन्। सामाजिक संजालमा उनले लेखेका छन् ‘मधेश प्रदेश सरकार अतिवाद तर्फ उन्मुख हुदै। सत्तापक्ष भित्र पनि वाध्यात्मक परिस्थिति सिर्जना हुने अवस्था।’

पछिल्लो समय मधेस सरकारले अवैध रूपमा सञ्चालन भइरहेका निजि अस्पतालहरूलाई बन्द गरिरहेको छ। सोहि बिषयमा उनले यस्तो टिप्पणी गरेको हुन् सक्ने उनि निकट व्यक्तिहरु बताउछन।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार