
सर्लाही – सप्तरी प्रहरीले ३ हजार किलो भन्दा बढी गाँजा बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार जिल्लाको राजविराज नगरपालिका वडा नम्बर–९ बाट प्रहरीको टोलीले तीन हजार किलो भन्दा बढी गाँजा बरामद गरेको हो।
विशेष सूचनाको आधारमा सीडीओसहितको उपस्थितिमा अहिलेसम्म प्रहरीले उक्त परिमाणको गाँजा बरामद गरेको छ। अहिले गोदाममा खोजविन चलिरहेको र गाँजाको परिमाण बढ्न सक्ने अनुमान गरिएको छ।
गोदाममा कपडा हार्डवेयरका सामानसहित स्याउसमेत राखिएको प्रहरीले जानकारी दिएको छ । कसको गोदाम हो भन्नेबारे खुल्न नसकेको प्रहरीले जनायो । गोदामबाट बरामद गाँजाको नापतौल गर्ने काम चलिरहेको बताईएको छ।