
सर्लाही – सर्लाहीमा स्कारपियो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। जिल्लाको चक्रघट्टा गाउँपालिका–२, बेल्हीमा सोमबार बिहान बी आर ३० पि १७०३ नम्वरको स्कारपियो दुर्घटना हुँदा सोहि ठाउँ निवासी ४० वर्षीय अमितकुमार अधिकारीको मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार स्कारपियो आफै अनियन्त्रित भइ पल्टिँएर दुर्घटना भएको हो। दुर्घटनामा उनि गम्भीर घाईते भएका थिए। गम्भीर घाईते उनको स्थानीय अस्पतालमा सामान्य उपचार पश्चात थप उपचारका लागि काठमाडौंं लगिएकामा डाक्टरके मृत घोषणा गरेका हुन्।
मृतक अधिकारीको शव काठमाडौं मै पोष्टमार्टमपश्चात चक्रघट्टा ल्याउने प्रयास भइरहेको तथा दुर्घटनामा परेको स्कारपियो मृतकको घरमा लिएर राखिएको र घटनाका सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।