सर्लाहीमा शंकास्पद बिलसहित १० टन लसुन बोकेको ट्रक प्रहरीको नियन्त्रणमा

२०८१ फाल्गुन २०, मंगलवार ११:१६
File image

सर्लाही – सर्लाही प्रहरीले शंकास्पद बिलसहित १० टन लसुन बोकेको ट्रक नियन्त्रणमा लिएको छ। जिल्लाको बागमती नगरपालिका–११ स्थित चेक पोइन्टबाट शंकास्पद बिलसहित १० टन लसुन लोड गरिएको ट्रक नियन्त्रणमा लिईएको हो।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार उक्त स्थानमा बा.प्र.०३-००१ ख.०९९४ नम्बरको ट्रकलाई चेकजाँच गर्ने क्रममा लोड गरिएको लसुनको बिल शंकास्पद देखिएपछि ट्रकसहित नियन्त्रणमा लिएको हो ।

उक्त लसुनको अनुमानित बजार मूल्य रु. १७,१७,६०० रहेको छ । नियन्त्रणमा लिएको ट्रक र लसुनलाई आवश्यक कानुनी कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय, पथलैया, बारा बुझाइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार