रौतहटका दुई जनासहित ३ जना खुकुरी चोरेको आरोपमा पक्राउ

२०८१ फाल्गुन २०, मंगलवार १७:०३

सर्लाही – काठमाडौंमा खुकुरी चोरी आरोपमा रौतहटका दुई जनासहित ३ जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा रौतहट रघुनाथपुर नगरपालिका – ९ घर भई ललितपुर महानगरपालिका-२ बस्ने ३३ वर्षीय कोशेख जफ्रे आलम र २३ वर्षीय लाल मोहमद देवान र धादिङ घर भई ललितपुर महानगरपालिका-२ बस्ने २७ वर्षीय राजकुमार तामाङ रहेका छन्।

प्रहरीका अनुसार उनीहरूलाई जिल्ला प्रहरी परिसर काठमाडौंले मंगलबार दिउँसो काठमाडौं महानगरपालिका-१५ बाट पक्राउ गरेको हो। उनीहरूले शुक्रबार नागार्जुन नगरपालिका-४ भेषबहादुर कामीको पसलबाट १२० थान खुकुरी चोरी गरेको प्रहरीमा निवेदन आएको थियो।

अनुसन्धानको क्रममा उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ। उनीहरूलाई जिल्ला अदालत काठमाडौंबाट ५ दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार