सर्लाहीमा नक्कली नोटसहित तीन जना पक्राउ

२०८१ फाल्गुन २१, बुधबार ०७:२७

सर्लाही – सर्लाहीमा नक्कली नोटसहित तीन जना पक्राउ परेका छन्। पक्राउ पर्नेहरुमा मलंगवा नगरपालिका – ९ र १० मा भाडामा बस्दै आएका दिपेश यादव, अर्जुन महतो र विवेक सिंह महतो रहेका छन्।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार प्रहरीले खानतलासी गर्दा उनीहरूको कोठाबाट नक्कली नेपाली नोट रु. १,००० दरका ९८ थान (जम्मा रु. ९८,०००) बरामद गरेको छ। त्यस्तै, भारतीय रुपैयाँ ३०,००० र चोरी गर्न प्रयोग हुने विभिन्न फलामका औजार समेत फेला परेको छ ।

पक्राउ परेका तीनै जनालाई मुद्रा सम्बन्धी कसूर अन्तर्गत कानुनी कारबाही अघि बढाइएको प्रहरीले जनाएको छ । जिल्ला अदालत सर्लाहीबाट सात दिनको म्याद थप अनुमति समेत लिइ अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार