सर्लाही – स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंहले यो सरकार सुरुदेखि नै महिला बिरोधी, जनजाति, दलित र मधेशी बिरोधी कामहरु गर्दै आईरहेको आरोप लगाएका छन्।
सामाजिक संजालमा एक पोस्ट गर्दै सांसद सिंहले स्वास्थ्य सचिबको पहिलो बरियताक्रममा रहेकी डा.संगीता मिश्र लाई नियोजित रुपमा स्वास्थ्यमन्त्री प्रदिप पौडेल र नेपाल सरकारले सचिब बन्न दिएनन् । यो सरकार सुरु देखि नै महिला बिरोधी ,जनजाति दलित र मधेशी बिरोधी कामहरु गर्दै आईरहेको बताएका हुन्।

उनले लेखेका छन् – ‘स्वास्थ्य सचिबको पहिलो बरियताक्रममा रहेकी डा.संगीता मिश्र लाई नियोजित रुपमा स्वास्थ्यमन्त्री प्रदिप पौडेल र नेपाल सरकारले सचिब बन्न दिएनन् । यो सरकार सुरु देखि नै महिला बिरोधी ,जनजाति दलित र मधेशी बिरोधी कामहरु गर्दै आएका छ। के मधेशी जनजाति दलित महिला नेतृत्व को लागि सक्षम छैनन ? लामो समयदेखी स्वास्थ्य सेवा बिभाग कोशी अस्पताल परोपकार प्रस्तुति गृह मा कुशल नेतृत्व गर्दै आएकी डाक्टर मिश्रा लाई के कारण ले स्वास्थ्य सचिब बनाइएन ? जनजाति भएकै कारण कुलमानलाइ हटाउन खोजिएको हो ? दलितलाई कहिकतै आगाडी बढनै नदिने यो सबै यहि सरकारको पालामा किन? सरकार नै संविधान बिपरित किन ?’





