छैटौँ मधानी महोत्सवमा कति भयो नगरपालिकाको खर्च ?

२०८१ फाल्गुन २२, बिहीबार १५:०१

सर्लाही – रौतहटको मौलापुर नगरपालिकाद्वारा आयोजित छैटौँ मधानी महोत्सवको खर्च विवरण सार्वजनिक गरिएको छ। पुरातात्त्विक महादेव मन्दिरको प्राङ्गणमा एक कार्यक्रमका बिँच महोत्सवको खर्च सार्वजनिक गरिएको हो।

गत ११ गतेदेखि १५ गतेसम्म पाँच दिन चलेको दिवसीय मधानी महोत्सवमा नगरपालिकाबाट कुल ६६ लाख २३ हजार ३ सय रुपैयाँ खर्च भएको नगरपालिकाले जनाएको छ।

मधानी महोत्सव २०८१ मा ५ लाखभन्दा बढी श्रद्धालु भक्तजनहरूले अवलोकन गरेका छन्। महोत्सव अवधिमा मौलापुरमा १० करोड भन्दा बढीको आर्थिक कारोबार भएको तथा नगरवासी व्यापारीहरूले २ करोडभन्दा बढीको मुनाफा आर्जन गरेको बताईएको छ।

66f1ffff-edb5-4d67-babd-5bb1d66c31ff

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार